निजगढ,प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको उपाधिको लागि निजगढ वडा नम्बर ४ र वडा नम्बर ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।आइतवार भएको दोस्रो सेमीफाइनल खेलमा निजगढ वडा नम्बर ७ लाई १-० ले पराजित गर्दै वडा नम्बर ११ ले उपाधि भिडन्तको लागि वडा नम्बर ४ संगको भेट पक्का गरेको हो । वडा नम्बर ४ ले भने शनीवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ लाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो ।

आइतवारको खेलमा वडा नम्बर ११ का निकेश गुरोले मध्यान्तरपछिको १७ औं मिनेटमा टोलीको लागि निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ११ का राहुल धामीले म्यान अफ दि म्याचको उपाधि हात पारे । उनलाई १ हजार नगद र ट्रफी स्व. विकल रेग्मीकी आमा कमला रेग्मी, वडा नम्बर ७ की समाजसेवी विभाकुमार मगर, पत्रकार एंव रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेलगायतले ट्रफी र नगर १ हजार पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तिम खेल मंगलवार हुने प्रतियोगिता व्यवस्थापक निजगढ फुटवल क्लबका अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो ।निजगढ नगरपालिकाको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको विजेता टोली ५१ हजार नगदसहित ट्रफी, उपविजेताले ३१ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन ।

Leave a Reply