कलैया,कृपा दैनिकका प्रकाशक कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ । मधेश प्रदेश सरकारको आइतवार बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव हुन्ुहुन्छ । बारा पत्रकार महासंघको दुई पटक सफल अध्यक्षको रुपमा काम गरिसक्नुभएका उपाध्याय मधेश मिडिया काउन्सीलको अध्यक्षमा नियुक्त भएसंगै यस क्षेत्रका संचार जगतमा उत्साह छाएको छ । मधेश मिडिया काउन्सीलको अध्यक्षमा नियुक्त भएसंगै उपाध्यायले यहाँका ।मजिवी तथा संचार क्षेत्रको उत्थानका लागि नीति बनाएर नै काम गर्ने बताउनुभयो ।
उपाध्यायको पत्रकारिता यात्रा
२०५६ सालबाट शुभलक्ष्मी प्रेस मार्फत कृपा नामक पत्रिका बारा जिल्लामा दर्ता गराउनु भएका उपाध्यायले २०५८ सालबाट औपचारिक रुपमा कृपा साप्ताहिक संचालनमा ल्याउनुभएको थियो । बारा जिल्ला वप्रशासन कार्यालयमा दर्ता भएको कृपा २०६० साल यता निरन्तर साप्ताहिक हुदै दैनिक पत्रिकाको रुपमा संचालित छ । वीरगन्जमा सयौं दैनिक पत्रिका रहेको अवस्थामा बारामा पनि पत्रिका आवश्यक ठानेर उहाँले संचालन गरेको कृपा बाराको सबैभन्दा पहिलो दैनिक पत्रिका हो । त्यसयता उपाध्यायले कृपा दैनिक सहित कइकृपा अनलायन लगायतका संचार संस्था संचालन गर्दै आइरहनुभएको छ भने एक दर्जन पत्रकारका संस्थाहरुको नेतृत्व कुशलता पूर्वक सम्पन्न गर्दै आइरहनुभएको छ ।

Leave a Reply