निजगढ,निजगढ नगरपालिका ७ मा निर्माण गरिएको नेपालका प्रथम सहिद लखन थापाको शालिक अनावरण गरिएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले एक कार्यक्रमबीच शुक्रवार नेपालका पहिलो सहिद लखन थापाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो । स्थानीयको आर्थिक सहयोगमा निजगढ ७ स्थित नेत्रोदय मावि प्राङ्गणअगाडि योजना चोक चौतारामा निर्माण गरिएको सहिद थापाको शालिक निर्माण गरिएको हो । सोही कार्यक्रममा शालिक निर्माण गरिएको स्थान योजना चोकलाई ‘लखन’ चोक र भ्याकुर टोललाई ‘लखन’ टोल तथा लखन चोकदेखि पश्चिम माझी टोलसम्मको सडकलाई लखन मार्ग नामाकरण गरिएको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।
शालिक निर्माण समितिका संयोजक खडगबहादुर आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाललगायतको उपस्थिति रहेको थियो ।स्थानीय दाताहरुको आर्थिक सहयोगमा समितिले शहिद थापाको पूर्णकदको शालिक निर्माण गरेको हो । राणा प्रधानमन्त्री जंगबहादुरले नेपालको शासन सत्ता हातमा लिएपछि विद्रोहामा उत्रिनुभएका लखन थापाको तत्कालिन शासकहरुले सन १८५७ मई १० मा हत्या गरेका थिए । लखन थापाको जन्म गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गाउँ विकास समिति वडा नम्बर ४) मा वि.सं. १८९१ मा भएको थियो ।