कोल्हबी,नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको लागि शनिबार भएको निर्वाचनमा सहमति हुन नसकेपछि बाराका २ वटा निर्वाचन क्षेत्रमा मदतान हुुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएपनि क्षेत्र नम्बर ३ र ४ निर्धारित संख्या भन्दा अधिक उम्मेदवार बनेकाले सर्वसम्मत चयन हुन नसकेको हो । सर्वसम्मत हुन नसकेको क्षेत्र नम्बर ३ र ४ आइतबार प्रतिनिधि छनौटको लागि निर्वाचन हुने भएको छ ।

नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य एंव कोल्हबी नगरपालिका प्रमुख भरत भण्डारीले दिनुभएको जानकारी अनुसार बारा क्षेत्र नम्बर १ बाट एकबहादुर श्रेष्ठ, महेन्द्र जैसवाल, त्रिलोकी चौधरी, अन्जु नेपाली, ज्ञानु केसी र गणेश लामा महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत चयन हुनु भएको हो । कोल्हबीमा भएको निर्वाचनमा क्षेत्र नम्बर १ बाट २६ जनाले उम्मेदवारी भएको भएपनि लामो समयसम्मको पहलपछि अन्यले उम्मेदवारी फिर्ता लिएका थिए । दिनभरीको प्रयासपछि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको भण्डारीले बताउनुभयो । सर्वसम्मत छनौटको लागि एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी क्षेत्र नम्बर २ मा पनि सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन । एमाले केन्द्रीय सदस्य वलवीर चौधरीले दिएको जानकारी अनुसार मखन पासवान, चन्द्रदेव चौधरी, सुरेश यादव, बन्दना सिंह सर्वसम्मत रुपमा चयन हुनु भएको हो । यसअघि उक्त क्षेत्रबाट ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

क्षेत्र नम्बर ३ र ४ मा भने सहमतिको प्रयास विफल बनेपछि निर्वाचन हुने भएको हो । क्षेत्र नम्बर ३ मा महिला पुरुष गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका छन । केन्द्रबाट संघठित सदस्य संख्या पनि एकिन भएर आइनसेकेकोले उक्त क्षेत्रमा थप विवाद देखिएको थियो । क्षेत्र नम्बर ४ मा भने ३६ जनाले उम्मेदवारी दिएपछि सहमति हुन नसेकेको बताइएको छ । आइतबार पनि सर्वसम्मत चयनको लागि प्रयास गरिने र सहमति हुन नसकेको खण्डमा निर्वाचन गरिने जिल्ला अध्यक्ष देवनारायण चौधरीले बताउनुभयो ।

वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो । एमालेले यसअघि महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या एक हजार नौ सय ९९ राख्ने निर्णय गरेको थियो । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिने भएको छ ।

 

प्रदेश र त्यस सरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् । कतिपय जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएको छ ।

एमालेले आउँदो मंसिर १०, ११ र १२ गते चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनले १५ जना पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । जसले आउँदो ५ वर्ष एमालेको नेतृत्व गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here