निजगढ,विद्युत प्राधिकरणका कार्यालय सिमराका कर्मचारीहरुको लापरबाहीले विद्युत आपूर्ति अनियमित हुँदा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिका बासिन्दाहरुले समस्या बेहोर्दै आएका छन ।
बारम्बार लाइन जाने र कहिले काँही लामो समयसम्म पनि बत्ति नआउने समस्याले स्थानीयहरुले हैरानी बेहोर्नु परेको हो । विद्युत अवरुद्ध बनेपछि खबर गर्दा पनि मर्मतको लागि प्राधिकरणका कर्मचारीहरुले सुनुवाई नगर्ने स्थानीय बृखबहादुर बलले गुनासो गर्नुभयो । वलले गाउँमा बिजुली जडान गरिएको समयदेखि नै आफूहरुले पर्याप्त बत्ति बाल्न नपाएको सुनाउनुभयो ।प्रस्तावित निजगढ अन्तर्राष्टिय विमानस्थन क्षेत्रमा पर्ने टाँगियाबस्तिमा विद्युत प्राधिकरणले ३ वर्षअघि मात्रै विद्युतीकरण गरेको थियो ।कोल्हबी नगरपालिकाको ककडी गाउँबाट घना जंगलको बाटो हुदै ल्याइएको प्रशारण लाइनका कारण टाँगियाबस्तिका विद्युत आपूर्ति नियमित पार्न समस्या भएको विद्युत कर्मचारीहरुले बताएका छन ।

Leave a Reply