माओवादी शुभचिन्तक वा कार्यकर्ताहरुलाई यो नलागोस् कि यहाँ माओवादीको विरोध गर्न खोजिएको छ भनेर ।
वास्तवमा शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादीले सत्ताको स्वाद राम्रैसंग चाखेको छ । संविधान सभाको चुनावपूर्व नै नेकपा एमाले सरहको मन्त्रालय लिएर २०६३ सालमा नै सरकारमा सहभागी भएको माओवादी एकाध समयबाहेक अधिकांश समय सरकारमा छ र पटक पटक सरकारको नेतृत्वमा पुगेको छ ।
माओवादी परिवर्तनकारी पार्टी हो, यसमा दुईमत छैन तर सरकारमा गएर संधै परिवर्तको ब्याज माओवादीले मात्र खाइरहनु पर्छ भन्ने पनि छैन । पटक पटक सरकारमा गएको माओवादीले जनतालाई के दियो भन्ने प्रश्न अब उठ्ने छ ।
मुलतः शान्ति प्रक्रियाका सबै काम समेत माओवादी अझै त्यसका अध्यक्ष प्रचण्डले पूरा गरेको देखिदैन । पटक पटक सरकारको नेतृत्व गर्ने अनि अवसर पाइन भनेर रुवाबासी अब गर्नुको अर्थ छैन ।
अब काँग्रेस र एमाले मिलेर सरकार चलाउने भनेका छन् । यी ठूला दल मिलेपछि माओवादी अब प्रतिपक्षमा बस्नुको पनि बिकल्प छैन । लामो समयपछि प्रतिपक्षमा धकलिएको माओवादीका लागि अबको प्रतिपक्ष भने कम चुनौतिपूर्ण पनि छैन । यदि आगामी चुनावसम्म नै माओवादी प्रतिपक्षमा नै रहने हो र कसैसंग गठबन्धन नगर्ने हो भने माधव नेपालको पार्टीकोभन्दा नराम्रो अवस्था माओवादीले बेहोर्नु पर्ने पनि निश्चित नै छ ।
दुई खाले प्रवृत्तिले माओवादी अहिले पतन हुन लागेको हो । त्यसो त फेरि माओवादी अहिले नै पतन चैं भइसकेको छैन तर अब एमाले, काँग्रेसको मिलाप कायम रहेमा चैं उसको पतन टाढा छैन । एक, प्रचण्डको अर्थहिन दोहोरो चरित्र र दुई प्रचण्डले गरेका सबै निर्णयमा नेता कार्यकर्ताहरु गुलाम हुनु वा वैचारिक प्रतिवाद गर्न नसक्नु । प्रचण्डले जे गरेपनि सही भन्ने गलत सोच र भाष्यका कारण माओवादी सकिदैछ । अनि हिजोका माओवादीलाई पाखा लगाउनु पनि प्रचण्ड अनि यो पार्टीको ओरालो यात्राको कारण हो । अब माओवादी प्रतिपक्षमा बस्छु पर्दछ र काँग्रेस र एमालेले के गर्छन् त्यो हेर्नु पर्दछ । अब जनताले पनि सबक सिकाउने छन् । सबै ठेक्का माओवादीले नलिए पनि हुन्छ । यो देशमा कसैले चाहेर पनि २०४७ सालको संबिधान फर्कदैन । यसको भ्रम पनि जनतामा माओवादीले नछरे हुन्छ ।















