वीरगञ्ज, वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेका हुन ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण विद्यार्थीहरुको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान पारेको विद्यार्थीहरुले बताएका छन ।‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ विरोधमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए ।’

परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । ढुङ्गामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर, मोटरसाइकललगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
स्थित तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले बताउनुभयो ।

Leave a Reply