रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १२ वडा कार्यालयद्वारा वडाका गरिब र जेहेन्दार विद्यार्थीहरुलाई मंगलवार विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।नेपाल राष्ट्रिय आधारभुत विद्यालय बुङ्ग्जोर, मन्जुश्री आधारभुत विद्यालय रामथली र सरस्वती आधरभु विद्यालयका १०-१० जान गरी ३० जना छत्रछात्राहरुलाई विद्यालय पोशाकसहित स्कुल ब्याग, कापी, कलम, पेनसिल, कलर, ज्यामितीय बक्स लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको वडा अध्यक्ष ज्ञानबहादुर गोलेले जानकारी दिनुभयो ।कार्यक्रममा वडा अध्यक्ष गोलेसहित वडा सदस्यहरु सुकुमाया मोक्तान, चन्द्रमान तामाङ र बुद्धिमाया विकलगायतले विद्यालयका प्रधानाध्यापकहरु सियाराम कुमर, बुना राउत र जोगबहादुर गोलेको रोवरमा सो सामाग्री वितरण भएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव अरूणकुमार बस्नेतले गर्नुभएको थियो ।
यसअघि पनि वडा कार्यालयले बढ्दो ठण्डी र शितलहरलाई मध्यनजर गर्दै वडाका अपाङ्ग र ८० वर्ष भन्दामाथि उमेरका ६० जना गरिव तथा विपन्न परिवारका सदस्यहरूलाई न्यानो सिरक वितरण गरेको थियो ।


















