वीरगञ्ज,पर्साको पटेर्वासुगौली गाँउपालिकामा स्थानीयहरुले पाटेबाघलाई मारेको घटना सार्वजनिक भएको छ । पटेर्वासुगौली– १ मलोलीटाँडी टोलका स्थानीयले पाटेबाघ मारेको घटना सार्वजनिक भएको हो ।सोमबार बेलुकी जङ्गलबाट गाँउमा प्रवेश गरेको पाटेबाघलाई केहि स्थानीय व्याक्तिहरुले घेरामा पारेर घरेलु हतियारबाट प्रहार गरि मारेको प्रहरीको आशङ्का छ । आशंकाकै आधारमा प्रहरीले डिभिजन वन कार्यालयसँगको समन्वयमा अनुसन्धान पनि अगाडि बढाएको छ ।सब डिभिजन वन कार्यालय रङ्गपुरका रेञ्‍जर कपिलदेव यादवका अनुसार जङ्गलबाट बाटो बिराएर बेलुकी साढे ६ बजेको समयमा बाघ गाउँ प्रवेश गरेको थियो । गाँउमा पसेको बाघलाई स्थानीय ५÷६ जना व्यक्तिले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए । तर अध्याँरोमा भएको उक्त घटना मंगलवार मात्र सार्वजनिक भएपछि वन कार्यालय र प्रहरीले मारिएको बाघलाई सब डिभिजन वन कार्यालय रङ्गपुर टाँडीको परिसरमा खाल्डो खनेर गाडेको यादवले जानकारी दिनुभयो ।बाघ मार्ने कार्यमा संलग्नहरुको पहिचान भइसकेकाले उनीहरुको खोजी कार्य जारी रहेको रेञ्‍जर यादवले जानकारी दिनुभयो ।

Leave a Reply