कलैया – सुन्दर शान्त नेपाल परियोजना अन्तरगत नागरिक संवाद मंचको अन्तर प्रदेश सिकाई अदानप्रदान कार्यक्रम महागढीमाईको वडा नम्बर २ मा शनिवार सम्पन्न भएको छ । महागढीमाई नागरिक संवादको आयोजनामा भएको सो कार्यक्रममा राप्ती सोनाली दांग, धनगढी संवाद समुह, नेपालगंज बाके नागरिक संवाद मंच र कैंलाली नागरिक संवाद मंचका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।
महागढीमाई संवाद समुहकी अध्यक्ष सिला जसवालको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा संवादमंचका अधयक्षहरु प्रेमकला चौधरी, चेतमान साउथ, सितारम चौधरी, साहिल अंसारी, यूनिक नेपालका कोषाध्यक्ष राधेश्याम थारु, सुन्दरशान्त परियोजनाका नेपालगंज संयोजक जगतराम चौधरी, पर्साका संयोजक शिवनाथ यादव, नेपाल पत्रकार महासंधका प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवान, जनजागरण युवा क्लवका उपाध्यक्ष राजदेव साह, संवाद सदस्य साबित्री शर्मा लगायतका आफना बिचार ब्यतm गर्दै कामका बारेमा आफनो अनुभवहरु समेत शेयर गरेका थिए ।
कार्यक्रमको संचालन ईमरान आलमले गरेका थिए भने स्वागत संवाद मंच वरियापुरकी सदस्य बसुन्धरा गैरेले गरेकी संवादका सदस्य मुकेश यादवले जानकारी दिए । संवाद मंचले समाज परिवर्तन अन्तरगत सिमान्तकृतहरुको समस्या समाधान, असलील गीतको बन्द, दलितहरुलाई बिकासको मुल धारमा ल्याउने काम, जातिय विभेदलाई अन्त्य गर्न एवम दलित समुदायहरुका ब्यतिmहरुको क्षमता अभिवृद्धिका लागि नागरिक संवाद मंचले अभियान थाल्दै आएका छन ।
त्यति मात्र नभई सिंह दरवारको अधिकार घर घरमा पुगाउनका लागि एवम समाजमा रहेको विभिन्न प्रकारका द्धन्द्धलाई संवादका मार्फतबाट समाधान गर्ने , सरसफाई जस्ता रचानात्मक कामको नागरिक संवाद मंचले समाजमा जनचेतना जगाउदै संघियतालाई कार्यन्वय गर्नका लागि पनि सारेकारवालाहरुलाई दवाव सृजना गर्दै आएका सुन्दर शान्त नेपाल परियोजनाका कार्यक्रम संयोजक श्री निवास बैठाले जानकारी दिए । उनीहरुलाई मधेसको चिनो गमछा र गढीमाईको फोटो मायाको चिनोको रुपमा प्रदान गरेको थियो । यो भन्दा अगाडी बारा र पर्सामा रहेको नागरिक संवाद मंच अवलोकन भ्रमणका लागि नेपालगंज गएका थिए ।