निजगढ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माणाधीन काठमाडौं– निजगढ फास्ट ट्रयाकको अवलोकन गर्नुभएको छ ।मंगलबार बिहान फास्ट ट्रयाकको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड निजगढ आइपुग्नुभएको हो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाक बनाइरहेको नेपाली सेनासँग निर्माण प्रगतिबारे जानकारी लिनुभएको थियो ।अवलोकनमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।आयोजनाको स्वीकृत डिपिआर अनुसार फास्ट ट्रयाक बनाउन १७५ अर्ब लागत अनुमान गरिएको छ । ७२.५ कि.मी. लामो फास्ट ट्रयाकमा ३ वटा सुरूङ मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलको लम्बाइ १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाइ ५५.५ कि.मी. रहेको छ ।२०८१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि उक्त समयमा निर्माण सकिने सम्भावना छैन ।नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाणडौलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको आयोजनाका रूपमा लिइएको छ ।

Leave a Reply