सिमरा,नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ढुलमुले नीतिले देश अस्थिरतातर्फ धकेलिएको आरोप लगाउनुभएको छ ।मिसन ग्रासरुट अन्तर्गत एमालेको जीतपुरसिमरा १६ को वडा कमिटीले शनिवार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै पूर्वमन्त्री पौडेलले प्रचण्डको दोहोरो चरित्रका कारण देश अस्थिरताबाट बाहिर निस्कन नसकेको आरोप लगाउनुभयो ।प्रचण्डले मुलुकमा स्थिरता नचाहेको उनको पछिल्लो गतिविधिले प्रष्ट हुने भन्दै नेता पौडेलले देश बचाउनका लागि पनि एमाले अझै बलियो हुन आवश्यक रहेको बताउनुभयो । एमाले बलियो र शक्तिशाली नभएसम्म देशले स्थिर नहुने बताउदै उनले ग्रासरुट अभियान एमालेलाई बलियो बनाउनका लागि संचालन गरिएको बताउनुभयो ।नेता पौडेलले ग्रासरुट अभियानलाई प्रभावकारी र उपलब्धीमुलक बनाउनका लागि सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । कार्यक्रममा केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि अरविन्द सिंह, मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठ, मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, राधेश्याम सिवाकोटी, किशोर शर्मा, चयन गुरुङ, जिल्ला सचिवालय सदस्य अनिल मैनालीलगायतले मन्तब्य राखेका थिए ।वडा कमिटी अध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडा सचिवालय सदस्य रवीन्द्रराज भण्डारीले गर्नुभएको थियो ।यसैगरी वडा भेलाले पुनः खरेलको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको छ । चयन गरिएको कमिटीलाई एक समारोहकाबीच घोषणा गरिने एमालेले जनाएको छ ।प्रशिक्षण र भेलासंगै वडा कमिटीले वनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो ।

















