कलैया,आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका आकांक्षीहरुको नामावली सिफारिस गर्ने क्रममा नेपाली कांग्रेस बारामा विवाद भएको छ ।
विवादका कारण जिल्ला जिल्ला सभापति राजेश यादव र उपसभापति मनोज भट्टले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको लागि छुट्टा–छुट्टै नाम सिफारिस गरेका छन । दु्बै पक्षको अलग अलग बैठक बसेर आआफ्नैं पक्षको मात्रै नाम सिफारिस गरेका हुन ।
मधेस प्रदेश समितिमा उम्मेदवारहरुको नामावली सिफारिस गर्ने क्रममा सभापति राजेश राय यादव र जिल्ला कार्यसमितिका बहुमत सदस्यहरुबीच विवाद भएपछि छुट्टा–छुट्टै नाम सिफारिस भएको नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले बताउनुभयो ।
जिल्ला सभापति यादवले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ केन्द्रीय समितिका सहमहामन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गर्नुभएको छ भने उपसभापति भट्ट लगायत कार्यसमितिका बहुमत सदस्यले सो क्षेत्रबाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिस गरेको छ । उपसभापति भट्टको सिफारिसमा सहमहामन्त्री चौधरीको नाम परेको छैन ।
यसैगरी सभापति यादवले प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गर्नुभएको छ । उता उपसभापति भट्टले राधेचन्द्र यादवको सोटो प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गर्नुभएको छ । ।
यस्तै सभापति यादवले प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय समितिका सहमहामन्त्री फरमुल्लाह मंसुरको एकल नाम सिफारिस गर्नुभएको छ । सो क्षेत्रबाट उपसभापति भट्टले सहमहामन्त्री मंसुरसहित ३ जनाको सिफारिस गर्नुभएको छ ।
उपसभापति भट्टले क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लालबाबु सिंह, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेव प्रसाद यादव र राजेश्वर चौरसिया र सभापति यादवले भने शोभाकर पराजुलीसहित ६ जनाको नाम सिफारिस गर्नुभएको छ । त्
त्यसैगरी प्रदेश सभा सदस्य पदको प्रतक्ष्य र समानुपातिक सदस्यतर्फ पनि दुबै पक्षले आफ्नो गुटका नेता÷कार्यकर्ताको नाममात्रै सिफारिस गरेर प्रदेश समितिमा पठाएका छन ।


















