वीरगन्ज,बारा प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रयाइदै गरेको भन्सार छलीको अवैध सामानसहित एउटा पिकप गाडी नियन्त्रणमा लिएको छ ।

१० लाख बराबरको भन्सार छलीका सामाग्री लिएर नेपाल भित्रिदै गरेको यु पी ५२ टि १६४७ नम्बरको भारतीय पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वास्थित सडक खण्डमा बेवारिसे अवस्थामा रोकेर राखिएको पिकप फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रीत पिकअपलाई आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply