जीतपुर – बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको अव्यवस्थित पार्किंङ्ग विरुद्धको अभियानसँगै ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय जीतपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट जीतपुरको सयुक्त सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

वडा नम्बर ७ का वडाअध्यक्ष सुनिलकुमार गुप्ताको सहयोगमा विभिन्न स्थानमा ट्राफिक सचेतना फैलाइएको अस्थायी ट्राफिक प्रहरी पोस्ट जीतपुरका प्रहरी सहायक निरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार सोही अवसरमा सवारी दुर्घटना न्युनीकरणका लागि चालकहरुलाई पनि सचेत गराइएको थियो ।

मादक पदार्थको सेवन गरेर सवारी नचलाउने, हेल्मेटको अनिवार्य रुपमा प्रयोग गर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने जस्ता व्यावहारिक ज्ञानको बारेमा सवारी चालकहरुलाई सचेत गराइएको बस्नेतले बताउनुभयो ।

प्रहरीले हरेक महिनामा ४/ ५ पटक सवारी दुर्घटना न्युनीकरणसँगै व्यवस्थित रुपमा पार्किङ्गदेखि अन्य ट्राफिक जनचेतनाका कार्यक्रमहरु आयोजना गर्ने गरेको पनि उहाँले बताउनुभयो । प्रहरीले केही दिनअघि मात्रै साइकल यात्रीहरुलाई पनि प्रशिक्षण दिएको थियो । यसका साथै स्थानीय बासिन्दार व्यवसायीहरुलाई फुटपाथमा सामान नराख्न आग्रह गर्दै अव्यवस्थित रुपमा पार्किङ्ग नगर्न पनि सचेत गराइएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिनुभयो ।

Leave a Reply