बरियारपुर,बाराका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जना ८ वर्षे बालकसहित तीन जना घाइते भएका छन । महागढीमाई नगरपालिका वडा नम्बर ४ दाहियारस्थित बरियारपुरबाट गंजभवानीपुरतर्फ आउदै गरेको अल्फाबेट नखुलेको ५२९ नं. को मोटरसाइकलले सोही ठाउँ बस्ने शम्भु जैसवालको छोरा .वर्ष ८ को आन्नदकुमार जैसवाललाई ठक्कर दिदा उनी घाइते भएका हुन । बालकको टाउकोमा चोट लागेको छ भने दाहिने खुट्टा भाच्चिएको र उपचारको लागि प्रदेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी सिम्रौनगढ नगरपालिका.वडा नम्बर ५ ईटवालस्थित सिम्रौनगढ कोल्हबी सडकखण्डमा भगवानपुरबाट सिम्रौनगढतर्फ जादै गरेको ना ८ प ८२६५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको बि आर ०५ ए एल ८३५१ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किदा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरीया बस्ने ३० को कमलेश पासवानको टाउको, हात र खुट्टामा चोट लागेको र नगर अस्पताल सिम्रौनगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का चालक सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ को सुखल मुखियाको खुट्टा भाच्चिएको र शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेकोले उनको उपचारको लागि वीरगन्ज हेल्थ केयरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

त्यसैगरी कलैया पिलुवा सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते बनेका छन । नम्बर खुल्न नसकेको ट्याक्टरले ना ४९ प ५६९९ नम्बरको मोटरसाइकललाई ठक्कर चालक पिलुवा बस्ने वर्ष ३० का सुजित पटेलको ढाड, दाँया हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । सोही मोटरसाइकलमा सवार.पर्सा सखुवा प्रसौनी गाउँपालिका ३ बस्ने वर्ष ३५ को हरिन्द्र पटेलको छाती र खुट्टामा सामान्य चोट लागेको र उपचारको लागि दुबैलाई न्युरो अस्पातल वीरगन्ज पठाइएको प्रहरीले बताएको छ । साथै ट्याक्टर चालक फरार रहेकाले खोज तलास भइरहेको बताइएको छ ।

Leave a Reply