नरेश गुप्ता
बरियारपुर,बारामा शुक्रवार छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
निजगढ नगरपालिका .वडा नम्बर ४ खिलाटोलस्थित जीवन माझीको घरमा जडान भएको बिजुलीको मिटर बक्समा अचान करेन्ट सर्ट भएर आगलागी हँुदा फुसको छानो भएको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट घरमा भएको लत्ताकपडा, अन्नपात, २ थान मोबाइल र नगद १० हजारसमेत गरी २ दुई लाख पचास हजार रुपैया बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।
साथै सोही आगो सल्किएर छिमेकी सुकराम घिसिङको फुसको घरमा समेत आगलागी हुँदा घरमा रहेको लत्ताकपडा, अन्नपात गरी .२ दुई लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
त्यसैगरी बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० स्थित नुरहसन मियां अंसारीको वडा नगरपालिकाको वडा नम्बर ५ स्थित बगडमपुरमा आँपको बगैचाभित्र बनाई राखेको खरको छानो भएको घरमा बिजुलीको तार सर्ट भइ अगलागी हुँदा उक्त घर जलेर पूण नष्ट भएको छ । आगलागीबाट अन्य मानवीय तथा चौपाय क्षेति नभएको प्रहरी चौकी गंजभवानीपुरले जनाएको छ ।