कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिका लागुऔषध तथा दुव्र्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न आयोजना गरिएको छ । शुक्रबार ठोरी गाउँपालिका वडा नम्बर– २ मा रहेको राईधारा परिसरमा युवा जागरण मञ्च गुम्बालाइन तथा आशिष सामाजिक सेवा नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले लागुपदार्थ दुव्र्यसनीको संख्या दिन प्रतिदिन बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गरेका थिए । लागुपदार्थ र मादक पदार्थ सेवन गर्ने युवाहरुको सङ्ख्यामा हरेक दिनजसो भइरहेको वृद्धिले बालबालिकामासमेत नकारात्मक असर पर्न थालेकोमा चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रमलाई शम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका ठोरी गापा अध्यक्ष पिएल श्रेष्ठले हरेक ड्रग एडिक्टहरुको शुरूवात चुरोटबाट नै हुने गरेको बताउनुभयो । ठोरीमामात्रै हरेक टोलमा मादक पदार्थ सेवनबाट ४÷५ जना बर्बाद भैरहेको बताउँदै अध्यक्ष श्रेष्ठले यस विषयमा सबै गम्भीर हुनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो ।

यस्तै सोही कार्यक्रममा आशिष सामाजिक सेवा नेपाल पर्साका संयोजक रोशन सुनुवारले लागुपदार्थ सेवनले युवाहरूको भविष्य नै अन्धकारमय बनाउन लागेको बताउनुभयो । उहाँले अध्ययन र चिन्तन नहुँदा युवाहरु बरालिएर दुव्र्यसनीमा फस्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ठोरी गापा– ४ का वडाध्यक्ष बईबहादुर तामाङ, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रम्हदेव शाह, बोर्डर आउटपोस्ट ठोरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शंकरकुमार कोइराला, वडा सदस्य कान्छीमाया पाख्रिन, वडा सदस्य तेजबहादुर श्रेष्ठलगायत ठोरीका युवा–युवतीहरुको उल्लेख्य सहभागिता थियो ।

Leave a Reply