जीतपुर,बाराको जीतपुरमा आयोजना हुन लागेको श्रीगणेश चतुर्थी पूजामा यो वर्ष गणेश भगवानलाई २ सय ५१ किलो तौलको एउटै लड्डु चढाइने भएको छ । बिगतमा वर्षहरुमा चढाईंदै आएको लड्डु (महाप्रशाद) को आकार र तौलमा वृद्धि गरेर यो वर्ष २५१ केजी पुर्याइएको पुजा आयोजक समितिका अध्यक्ष श्रीराम साहले जानकारी दिनुभयो । आयोजक समितिले बुधबार जितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष साहले सो कुराको जानकारी दिनुभएको हो ।

श्रीसिद्धी विनायक पूजा समिति, जीतपुर बाराको आयोजनामा हुने पूजा बिहीबारबाट ५ दिनसम्म चल्ने छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित गौशालाको मैदानमा आयोजना हुन लागेको पूजाको पहिलो दिन बिहीबार शोभायात्रा निकालेर महोत्सवको शुभारम्भ गरिने र त्यसको लागि सबै तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड–१९ कोरोना माहामारीलाई मध्य नजर गर्दै बिगतमा आयोजना हुँदै आएको महोत्सव, मेला, खेल तमासा, रोटेपिंङ्ग जस्ता स्टलहरु पुजा स्थलमा नराखिने गणेश चतुर्थीको परम्परागत विधिबाट पूजा मात्र गरिने आयोजक समितिका अध्यक्ष साह कानुले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here