निजगढ,समुदायमा आधारित प्रसुती गृह निजगढलाई निजगढ नगरपालिकाले स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । निजगढ नगरपालिकाको आर्थिक वर्ष ०७६÷०७७ को कार्यपालिका लक्षित कोषबाट विनियोजन भएको दश लाख रकमबाट खरिद गरिएको स्वास्थ्य उपकरणहरु आइतबार एक कार्यक्रमबीच कार्यपालिका सदस्य जगतकुमारी अधिकारी तथा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा र योजना शाखा प्रमुख पद्मराज तिमल्सिनाले सामुदायिक अस्पतालका चिकित्सक सतिश निरौला र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले अस्पताललाई डिजिटल एक्सरे मेशिन एक थान, बेबीवार्मर एक थान, सेक्सन मेशिन एक थान, मईस्क्रोप एक थान, डिजिटल मनिटर एक थान, डेलीभरी बेड एक थान र फोटोग्राफी मेशिन एक थान हस्तान्तरण गरिएकोे निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिनुभयो । अस्पतालको सेवा थप प्रभावकारी होस भनेर नगरपालिकाले स्वास्थ्य उपकरण सहयोग गरेको कार्यपालिका सदस्य अधिकारीले बताउनुभयो ।

स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरु भाइकाजी श्रेष्ठ, सागर दाहाल, चण्डिका सापकोटा, लगायत निजगढ नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here