निजगढ,बाराको निजगढ नगरपालिकामा बिहिबार नेवाः गुठी खलः गठन भएको छ । नेवाः गुठी खलको प्रथम भेलाले शिव श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

३ सदस्यीय लेखा समिति, ४ सदस्यीय संरक्षक समिति र ३ सल्लाहकार सदस्य चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उत्तरध्वज श्रेष्ठ, घनश्याम श्रेष्ठ र शिवराम श्रेष्ठ रहेका छन भने सचिवमा राजन श्रेष्ठ, सहसचिवमा अजय श्रेष्ठ, कोषाध्यक्षमा गिता श्रेष्ठ, सह कोषाध्यक्षमा पुण्येक्ष्वरी श्रेष्ठ, सदस्यमा श्रवण श्रेष्ठ, रोशन खड्की, दिपक श्रेष्ठ, काजीलाल श्रेष्ठ, श्याम श्रेष्ठ, दिनेश श्रेष्ठ, हिरा श्रेष्ठ र सबिना श्रेष्ठ रहेका छन । यस्तै लेखा समितिमा संयोजकमा भाईकाजी श्रेष्ठ, सहसंयोजकमा हेमलाल श्रेष्ठ र सदस्यमा अशु श्रेष्ठ रहेका छन भने संरक्षक सदस्यमा गणेशराज भण्डारी, बिदुरलाल श्रेष्ठ, दिप साही र बुद्घिमान श्रेष्ठ रहेका छन । खलको सल्लाहकारमा नारायण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र दुर्गा श्रेष्ठ रहेका छन ।

दुई सत्रमा सम्पन्न भएको कार्यक्रमको खुल्ला सत्रको अध्यक्षता शिव श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबि लामिछाने खनाल रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा बारा नेवाः गुठी खलःका अध्यक्ष रामदास धोजु र मकवानपुर नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्का रहेका थिए ।

यस्तै कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामा, राप्रपाका नगर अध्यक्ष खड्कप्रसाद उप्रेती, नेपाली कांग्रेसका नगर सभापती महेशी कुवँर, निजगढ गाविसका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here