वीरगन्ज,प्रहरीले वीरगन्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर– १ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगन्ज वडा नम्बर– १६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलमा भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा उनको पाईन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
उनीविरूद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।