कृपा सवाददाता
बिरगंज, २४ कार्तिक । पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा आगजनी हुँदा लाखौं मूल्य बराबरको क्षती भएको छ । आईतबार बिहान करिब ४ बजेको समयमा स्थानीय भोज प्रसाद चौरसियाको घुम्ति पसलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।
आगो लागेको भनी प्रहरीलाई सूचना प्राप्त हुँना साथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताए । आगोबाट दुई लाख बराबरको सामानहरु जली नष्ट भएको छन् । मानविय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाए ।