सिमरा,पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा कारको ठक्करबाट गत शनिबार बिहान ठक्कर दिने कारका चालक अजय मिश्रलाई पुपक्र्षका लागि थुनामा राख्न जिल्ला अदालत बाराले आदेश दिएको छ । यूनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत रहेका मिश्रलाई अदालतले पाँच दिनका लागि थुनामा राखेर अनुसंधान गर्नका लागि आदेश दिएको पर्सा राष्ट्रिय निकुञ्ज बाराका प्रमुख मनोज साहले जानकारी दिनुभयो । त्रिभुवन राजपथअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको थियो ।हेटौंडाबाट सर्लाही जाँदै गरेका मिश्रा सवार रहेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको बाघको घटनास्थलमै मृत्यु भएको थियो । बाघलाई ठक्कर दिए लगतै कार चालक अजय मिश्रले आफैँ प्रहरीलाई घटनाबारे जानकारी गराउनु भएको थियो । मिश्रलाई निकुञ्जले आफ्नै हिराशतमा राखेर अनुसंधान गरिरहेको छ । बन्यजन्तु संरक्षण ऐन अनुसार यो घटनामा दोषी देखिए १५ बर्षसम्मको कैद सजायँ हुन सक्ने बिज्ञहरुले बताएका छन् । सन् २०१८ मा गरिएको गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १८ वटा बाघ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here