हेटौंडा – प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ । त्यसैगरी प्रदेशको नाम वागमती राखिएको छ । प्रदेशसभामा सम्पन्न मतदानबाट स्थाय िराजधानी मकवानपुर जिल्लाको हेटौंडा र नाम वागमती कायम गरिएको हो । स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने विपक्ष अर्थात् काभ्रेको धुलिखेलमा ३ मत आएको छ । स्वतन्त्र सांसद प्रेम तामाङले भने नाम र राजधानी दुवैमा मतदान गरेनन् । प्रदेशमा रहेका एक सय १० मत मध्यमा सभामुख सानुकुमार श्रेष्ठले मतदान गर्नुभएन । स्वतन्त्र सांसद तामाङले मतदान नगर्दा एक सय ८ जनाले मात्र मतदान गरेका थिए ।

 

 

 

 

 

 

 

 

स्थायी राजधानीका पक्षमा एक सय ५ जना र नाम वागमतीमा एक सय ८ मतनै प्राप्त भएको छ । नामको विषयमा कुनैपन िसांसदले विमती नजनाइकन समर्थन गरेका थिए । प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभासदस्य रहेका छन् ।

 

 

 

 

 

 

 

पहिलो हुने निर्वाचनबाट निर्वा्चितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ । यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो ।

 

 

 

 

 

 

 

प्रदेशसभाबाट आजबाट औपचारिक रुपमा नाम र राजधानी तोकिएको हो । प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडालाई कायम गर्नका लागि अधिकांश सांसदहरुले हस्ताक्षर गरेका थिए । प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि अर्थात् ७ सय ९ दिनपछि प्रदेश ३ ले आज नाम र स्थायी राजधानी प्राप्त गरेको हो ।

 

 

 

 

यसअघि प्रदेशसभाले नाम र राजधानी तोक्न नसेकोमा आम नागरिकको जनगुनासो आउने गरेको थियो । प्रदेशसभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो । २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी प्राप्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here