कृपा संवाददाता
हेटौंडा, ३० फागुन । देशैभरी जस्तैगरी चैत ६ गतेबाट हेटौंडामा सुरु हुने एसईई परिक्षालाई केन्द्रीत गरेर हेटौंडा उपमहानगरपालिकाले परिक्षा केन्द्रमा स्वास्थ्य सामाग्री सहितको हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । एसईईको परिक्षा केन्द्रमा स्वास्थ्यकर्मी, मास्क र सेनेटरी प्याड सहितको व्यावस्था गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

 

 

परिक्षा केन्द्रमा धेरै जना विद्यार्थीको जमघट हुने भएकाले यसबाट सचेत रहनका लागि प्रत्यक परिक्षा केन्द्रमा मास्क, छात्राहरु मेन्सुलेसन भइहालेमा सेनेटरी प्याड र प्रत्यक परिक्षा केन्द्रमा प्राथमिक स्वाथ्य सामाग्री सहितको हेल्प डेस्क स्थापना गर्नका लागि सवै तयारी गरिएको मेयर महतले वताउनुभयो । प्रत्यक परिक्षा केन्द्रमा सेनेटराइज वितरणको तयारी भएको छ । हेटौंडाका १४ वटा परिक्षाकेन्द्रबाट करिव ४ हजार विद्यार्थीले एसईइ परिक्षा दिदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here