काठमाडौं, ८ मंसिर। पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा सोमबार बिहान ५।६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माले उक्त क्षेत्र तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने जानकारी दिएका छन्।
भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित भएका थिए। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने सार्वजनिक भइसकेको छैन।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको हो।
भूकम्पको केन्द्रविन्दु र मापनसम्बन्धी विवरणमा नेपाली र अमेरिकी निकायले फरक स्थान उल्लेख गरेका छन्।

















