प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौंको टोखामा उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले आफैँलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

टोखा नगरपालिका–१ निवासी प्रहरी हवल्दार डोलनाथ ढकालले बिहीबार साँझ आफ्नै घरमा पेस्तोलले आफैँलाई गोली हानेका हुन् ।

गोली लागेर गम्भीर घाइते भएका ढकाललाई परिवारका सदस्यहरूले तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।

ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशको सुरक्षामा खटिएका थिए । उनले न्यायाधीशको सुरक्षाका लागि बोकेको सरकारी पेस्तोल प्रयोग गरी आफैँलाई गोली हानेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गोली लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटना के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply