निजगढ, १४ फागुुन ,दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा वडा नम्बर ७ र १३ को टोली फाइनलमा प्रवेश गरेका छन ।बिहीवार शहिद हिरालाल रंगशालामा भएका २ वटा सेमिफाइनल खेलमा जित निकाल्दै वडा नम्बर ७ र १३ को टोलीले अन्तिम दुईमा स्थान बनाएका हुन । वडा नम्बर ७ ले टाइब्रेकरमा र १३ ले सडन डेथमा जित निकालेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ विजयी भएको हो । निर्धारित समयमा दुुबै टोलीले गोल रहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सो खेलको म्यान अफ दि म्याच विजेता टोलीका राम अर्याल घोषित भए । उनलाई स्व. विकल रेग्मीकी आमा कमला रेग्मी र निजगढ नपा ७ का वडा अध्यक्ष टेकबहादुुर लामा लगायतले संयुुक्त रुपमा रेग्मी ट्रफी प्रदान गरेका थिए ।
त्यसैगरी दोस्रो खेलमा वडा नम्बर १० लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर १३ उपाधि होडमा उभिएको हो । निर्धारित समयमा दुुबै टोलीले कुनै गोल गर्न नसकेपछि वडा नम्बर १३ ले सडन डेथमा ६÷५ को कठिन जित हात पारेका हो । आजको खेलको म्यान अफ दि म्याच विजेता टोलीका अनिश गोङ्गवा घोषित भए । उनलाई पनि स्व. विकल रेग्मीका आमा कमला रेग्मी लगायतले संयुुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

आजको दुबै खेलमा लिलाम्बर चौधरी र रियाजुल स्लामले मुुख्य रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने सहायक रेफ्रीमा राजुु चौधरी, फोर्थ अफिसियलमा नीलकमल चौधरी रहेका थिए ।प्रतियोगिताको अन्तिम खेल आगमी शनिवार १६ गते ३ बजेबाट हुुने आयोजकले जनाएको छ । फाइनल खेलअघि दिउसो २ बजे महिला फुटवल टिमबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार र ट्रफी हात पार्नेछ ।

Leave a Reply