निजगढ,निजगढ नगरपालिकाले आगामी फागुन ६ गतेबाट पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।निजगढ नगर नगरकार्यपालिकाले निजगढ वडा नम्बर ९ स्थित सहिद हिरालाल रङ्गशालाको खेल मैदानमा फागुन ६ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
नगरपालिका कार्यालयले प्रतियोगितामा सहभागी ईच्छुक विद्यालयका खेलाडी विद्यार्थीहरुको नाम दर्ता गराइसकिएको जनाइएको छ ।प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्सतर्फ छात्र १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड र ४ इन्टु १०० मिटर र ४ इन्टु ४०० मिटर रिले दौड हुने छ । त्यसैगरी छात्रातर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड र ४ इन्टु १०० मिटर तथा ४ इन्टु ४०० मिटर रिले दैड हुनेछन ।
त्यस्तै प्रतियोगितामा छात्र÷छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट र ज्याभलिङ थ्रोसंगै तेकान्दोमा छात्र छात्रातर्फ विभिन्न ५ तौल समूह र एकल पुम्से खेलहरु आयोजना गरिने जनाइएको छ ।अघिल्लो वर्ष भएको निजगढ नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितामा निजगढ ८ को गौरीशंकर मावि पहिलो भएको थियो ।


















