वीरगञ्ज,करिब १७ लाख रुपैयाँ बराबरको चाँदीसहित वीरगञ्जका एक युवक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ का २५ वर्षीय किसन साह रहेका छन् ।प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको म.प्र.०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बसलाई काठमाडौंको थानकोट क्षेत्रमा रोकेर जाँच गरिएको थियो ।जाँचका क्रममा साहको साथबाट दुई किलो पाँच सय ग्राम चाँदी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।बरामद गरिएको चाँदीको बजार मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ रहेको छ । प्रहरीले साहलाई नियन्त्रणमा लिई चाँदीको स्रोत तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply