राजन कुमार बानिया
पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिकामा चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ ।चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक कार्यक्रमकोबीच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
चौथो पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दुई दिनसम्म चल्ने प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष यादवले जानकारी गराउनुभएको छ ।
पालिकास्तरिय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता मसिहानको खेल मैदानमा भइरहेको हो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले चिसो मौसमका बाबजुद विद्यार्थी भाइबहिनीहरुले प्रतियोगिताप्रति उत्साहजनक सहभागिता जनाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

खेलकुद शारीरिक व्यामम पनि भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै भएको उहाँको भनाई थियो । उहाँले विद्यार्थीहरुलाई सीप र क्षमता प्रदर्शन गरेर जित हासिल गर्न प्रोत्साहन पनि गर्नुभएको थियो ।
चौथो पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हाईजम्प, लौगजम्प, दौड लगायत विभिन विधामा खेल भइरहेको प्रमुख प्रसाशकीय अधिकृत सन्देशकुमार यादवले जनाउनुभयो ।

खेलकुद प्रतियोगता वडा नम्बर ५ का वडा अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष प्रेम थापा, लेखापाल सन्देश कुशवाहा, वडा अध्यक्ष सुबास यादव, लक्ष्मी साह, नेपाली कुशवाहा, प्रभु महतो, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, ईन्जिनियर सद्दाम हुसेन मंजय गिरी, पालिकाका सदस्यहरु लगायत सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरु, वडा सदस्यहरु, स्थानीयबासी विद्यार्थी, लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी गाउँपालिकाका १६ वटा विद्यालयका विद्यार्थीहरुले आफ्नो आफ्नो विद्यालयका पोशाक र ब्यानरमा मार्चपास र छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।राष्ट्रपति रनिङ पालिकास्तरीय शिल्ड खेलकुद प्रतियोगितामा भोलिसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply