नेकपा एमालेको एघारौं महाधिवेशन सकिएको छ र यसले नयाँ नेतृत्व पनि चयन गरेको छ तर एमालेको नयाँ नेतृत्वमा भने पुरानै अनुहार अथवा केपी शर्मा ओली नै अध्यक्षमा विजयी हुनुभएको छ अथवा उहाँ तेश्रो पटक एमालेको अध्यक्ष बन्नुभएको छ ।
केपी ओली निर्वाचन प्रक्रियामार्फत आएकाले उहाँलाई अस्वीकार कसैले गर्ने कुरै भएन । हुन त यो एउटा एमालेभित्रको आन्तरिक कुरा पनि हो तर नेपालमा हालै एउटा यस्तो आन्दोलन भयो, जसले पुराना नेताहरु आवश्यक छैन भनियो । यसमा केपी ओलीको नाम यसै पनि लिइयो किनभने तत्कालिन समयमा एमालले सरकारको नेतृत्व गरेको थियो र ओली प्रधानमन्त्री पदमा रहनुभएको थियो ।
त्यसैले पनि सामाजिक संजालतिर अलि बढी केपी ओली र एमालेलाई गाली गरेको देखिन्छ तर एमालेको आन्तरिक राजनीतिमा फेरि एक पटक केपी ओली शक्तिमान भएर उदाउनुभएको छ । अथवा उहाँ हालका लागि ठूलो पार्टीको अध्यक्ष बन्नु भएको छ । फेरि चुनाव होला अनि त्यसपछि यो पार्टीको हैसियत के होला त्यो त्यही बेलामा समीक्षा गरौंला तर पनि हालका लागि एमाले ठूलो पार्टी हो कसैले नमाने पनि । यसैको अध्यक्ष हुनु पनि राजनीतिक रुपमा निकै महत्व छ ।
भोलिका दिनमा एमाले कता जाला त्यो भविष्यको कुरा भयो । तर बेलैमा महाधिवेशन गरेर एमालेले आफू आन्त्रिक लोकतन्त्रमा बफदार रहेको नजाऊ भने दिएको छ ।तर यसपाली एमालेमा लोकतन्त्रकको अभ्यास भएको मान्नु पनि पर्दछ किनभने प्यानल बनाएर उनीहरु चुनावमा होमिएका थिए । जीत र हार भनेको त आफ्नो ठाउँमा छ तर एमालेको माहाधिवेशनले धेरै कुरा पनि सिकाएको छ र ओलीलाई फेरि शक्तिमान भने बनाएकै छ ।















