सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित पाँचतारे होटल ‘होटल इच्छा’ ले अब सर्वसाधारणका लागि ३५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । होटलमा सोमबार सम्पन्न साधारणसभाले शेयर खुल्ला गर्ने निर्णय गरेको हो ।सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरित हुँदै होटलले यसअघि २५ प्रतिशत प्रोमोटर शेयर बिक्री गरिसकेको थियो । प्रोमोटर शेयर बिक्री गरेसंगै होटलमा दुई हजार तीन सय ७९ शेयर सदस्य थिए भने एक अर्ब ४० करोड रुपैयाँ लगानी रहेको थियो ।

होटलले २० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । ३५ लाख कित्ता बिक्री गरेसंगै होटलको कुल लगानी एक अर्व ७५ करोड हुनेछ । जसमा होटलको संस्थापन पक्षको ५५, प्रोमोटर शेयरको २५ र सर्वसाधारणको २० प्रतिशत शेयर हुनेछ । होटलका अध्यक्ष इच्छाबहादुर वाग्लेले होटललाई सबैको ‘साझा सम्पत्ति’ का रूपमा स्थापित गर्ने उद्देश्यले सर्वसाधारणमा लगिएको बताउनुभयो । ‘कम लगानी गर्ने सर्वसाधारणले पनि अपनत्व महसुस गरोस्, जसले गर्दा काम गर्न अझै सहज होस् भन्ने उदेश्य हो’ वाग्लेले भन्नुभयो ।होटलको आईपीओ प्रक्रिया अघि बढाउन हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पूरा गरिरहेको छ । ‘आईपीओसँग सम्बन्धित ७० प्रतिशत काम सकिएको छ’ संचालकमध्येका एक मुनसन वाग्लेले जानकारी दिनुभयो । वाग्लेले ६ महिनाभित्र शेयर खुल्ने बताउनुभयो ।

होटल इच्छाले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज भित्राउने योजना पनि अघि बढाएको छ । जसका लागि दुई प्रख्यात फ्रेन्चाईजसंग वार्ता भइरहेको अध्यक्ष वाग्लेले बताउनुभयो । फ्रेन्चाइज आएपछि होटलको सेवा स्तर अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।वाग्लेलाई पछिल्लो पटक चन्द्रागिरी हिल्सका संचालकमध्येका एक नवराज नेपालले पनि साथ दिनुभएको छ ।

Leave a Reply