मधेश प्रदेशमा जहिले पनि एक खालको समस्या देखिन्छ, त्यो भनेको सत्ता नै हो । हुनत यो समस्या नेपालका सबैतिर छ । नेपालमा मात्र नभइ बिश्वमा समेत सत्ताका लागि अने अनेक भएको देखिन्छ ।सत्ताका लागि हदैसम्मको प्रयास गरिनुराम्रो होइन तर पद र पावरका लागि मानिसले जे पनि गर्दछ । जुन रोग भने मधेश प्रदेशमा अधिक छ । अन्य प्रदेशको तुलनामा मधेशमा बढी नै यो समस्या छ । फेरि बुधबार यस्तै भएको छ । हुदाँखादाको सरकार ढालेर अर्को सरकार बनाउने खेल मधेशमा भयो तर धेरै संसयबीच त्यो पनि संभव भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रादेवी सुवेदी भण्डारीले मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनललाई नियुक्त गर्नुभएको छ ।

तर अर्कोतर्फ सत्ताका लागि दल नै विभाजन भएको कुरा आएको छ । मधेश मुद्दाको विषयमा घनिभूत आवाज उठाउने दलहरु नै सत्ताका लागि गिरेको देख्दा फेरिपनि जेनजीको जस्तो सचेतना आवश्यक देखिन्छ । आन्दोलनको नाउमा तोडफोड होइन तर एक खालको सचेतना भने आवश्यक अझै छ भन्ने कुरा देखाउँछ । सबै कुरा सत्ता होइन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।हो, सरकार आवश्यक पर्छ नै तर सरकारका लागि जे पनि गर्ने भन्ने कुरा राम्रो होइन । सत्ता त क्षणिक हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । एकतिर एकजनाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा अर्को पक्ष विरोधमा मरिमेटेको पनि देखिन्छ । यो व्यवहारमा सुधार आउन आवश्यक छ । सुधार नभएको खण्डमा फेरि अर्को बिद्रोह देशमा हुन पनि सक्छ ।

 

Leave a Reply