कलैया,मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामले प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्ष र सदस्यमा २ जनालाई मनोनित गरेको छ ।मन्त्रालयले कलैया उपमहानगरपालिका– ८ निवासी अन्सारीलाई अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा र राजेश साह र प्रतीमा यादवलाई सदस्य पदमा मनोनित गरेको हो । अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम मन्त्रालयले अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष र सदस्य पदमा उनीलाई मनोनयन गरिएको हो ।
मन्त्रालयको असोज २१ गते मन्त्रिस्तरको निर्णय अनुसार प्रादेशिक अस्पताल, कलैया बाराको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको छ । महाशाखा प्रमुख डा. विपिन कुमार झाद्वारा जारी मनोनयन पत्रमा पद अनुसारको कर्तव्य पालना तथा आचरण प्रकट हुने अपेक्षा उल्लेख गरिएको छ । मनोनयन पत्रको बोधार्थ प्रादेशिक अस्पताल, कलैयामा पनि पठाइएको छ ।
यस अघि प्रादेशिक अस्पताल कलैयाको व्यवस्थापन विकास समितिका अध्यक्ष प्रकाश चौगाई हुनुहुन्थ्यो । उहाँको कार्यकाल समाप्त भएपछि अध्यक्षमा अन्सारीलाई मनोनित गरिएको हो ।अन्सारी नेकपा एमाले बारा जिल्ला कमिटी उपसचिव हुनुहुन्छ भने साह मधेस प्रदेश कमिटी सदस्य र यादव बारा जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।