जेनजी पुस्ताको आन्दोलनपछि नेपालमा अनेक खालको कुराहरु आइरहेका छन् । देश राजनीतिक रुपमा निकै अस्थिर छ । अहिले सरकारमा रहेकाहरुको त नियत खराब नहोला अथवा सरकार बनाउन लागेका जेनजी समूहको पनि नियत नराम्रो नहोला तर यही मौकामा देशलाई कसरी अप्ठेरोमा पार्न सकिन्न भन्ने एक थरीको भने धन्दा नै यही छ ।
मुख्य त देशका लागि सबैले सोच्नु पर्दछ । दल वा पार्टी वा जेनजीभन्दा देश सबैभन्दा ठूलो हो । अहिले जेनजीको नाउँमा फेरि समाज विभाजनको प्रयास भइरहेको छ । हिजो लामा समयसम्म काग्रेस, कम्यूनिष्टको नाउमा समाज विभाजन गरियो । जुन निकै घातक भयो अब यस्तो हुदैन । यसमा मुख्य त अहिलेको सरकार र जेनजी समूहले नै ख्याल गर्न पर्ने छ । देशमा गणतन्त्र छ । कतिपय जेनजीकै समूहका व्यक्तिहरुलाई पनि राजतन्त्र राम्रो लाग्न सक्छ, हिन्दूराष्ट्र भन्ने हुन सक्छ यो चैं भ्रम हो । यो अभ्यास नेपालमा दुई दशक अगाडिसम्म थियो । राजको शासनकालमा हरेक आर्मी ब्यारेकभित्र मानवअधिकार उल्लघंनका ठूला ठूला घटना भएका थिए, कयौंको लाश बेपत्ता छ । यो इतिहाँस पनि पढौं ।
अनि यसको मतलब दलहरु निर्विकल्प भन्न खोजिएको होइन तर यही प्रणालीबाट नयाँ नेपालको खाका कोर्ने हो । भ्रष्टचार नियन्त्रण, सुशासन र प्रत्यक्ष निर्वाचन प्रणाली सबै नेपालीहरुको चाहना र माग हो । यसमा जेनजी पुस्ताको अगुवाइ मात्रै हो । अहिले सरकारमा रहेका ब्यक्ति र स्वयम् अभिभावकीय संस्थाको हिसावले राष्ट्रपतिले भूमिका खोलेर देश अनि समाज अनि जनतलाई एकता बनाउदै देशमा सम्मृद्ध ल्याउन पर्छ विभाजनले कसैको पनि हित गर्दैन ।

Leave a Reply