स्थानीय तहमा कही कतै समस्या छन । मुलत :  आर्थिक वर्ष २०८२-०८३ सुरु भएको दुई महिना बितिसक्दा पनि बारा र पर्साका केही स्थानीय तहहरूको खाता सञ्चालन हुन सकेको छैनन् जसका कारण समस्या हुने निश्चित छ ।
बारा जिल्लाका १६ मध्ये १४ पालिकाले खाता सञ्चालन गरी बजेट निकासा लिइसकेको भएपनि निजगढ नगरपालिका र बारागढी गाउँपालिकाको खाता संचालनमा आउन नसकेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले दिएको जानकारीअनुसार निजगढ नगरपालिका र बारागढी गाउँपालिकाको खाता सञ्चालनमा ढिलाइ भएको देखिएको छ ।
जेन–जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएकाले दुवै पालिकाकाको खाता संचालन प्रक्रिया प्रभावित भएको हो । निजगढ नगरपालिकाका लेखापाल दिनेश श्रेष्ठले खाता संचालन गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेर मंगलवार कोष तथा लेखा नियन्त्रणको कार्यालय कलैयामा कागजात पेस गरिएको र केही दिनभित्र नै पालिकाको खाता संचालनमा आउने बताउनुभएको छ र यसमा ढिला गर्न हुदैहुदैन हुन त आन्दोलन पनि समस्या गरेको छ नै तैपनि अब खरानीबाट नै उपाय निकाल्नु पर्ने बाध्यता छ ।

पर्साका १४ मध्ये ८ पालिकाले मात्र खाता सञ्चालन गरेर बजेट निकासा लिएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका, छिपहरमाई गाउँपालिका र कालिकामाई गाउँपालिकाले मात्र खाता सञ्चालन गरी बजेट निकासा लिएका छन् ।बाँकी ६ पालिका— बहुदरमाई नगरपालिका, विन्दवासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र जिराभवानी गाउँपालिकाले खाता सञ्चालनका लागि आवश्यक फाइलसमेत पेस गरेका छैनन् ।यीमध्ये धोबिनी, पकहाँ मैनपुर र विन्दवासिनीमा गाउँसभा नै नहुँदा खाता सञ्चालनमा अवरोध भएको छ । यसले स्थानीय स्तरमा निकै समस्या हुन्छ यो समाधान गर्न आवश्यक छ ।

Leave a Reply