निजगढ,बारा जिल्लाको तेक्वान्दो संघको कार्यसमितिको अध्यक्षमा निजगढका चित्रबहादुर लामा (नन्दु) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।अध्यक्ष पदमा लामा सर्वसम्मत चुनिए पनि कार्यसमितिको अन्य पदाधिकारी चयनको लागि भने मतदान नै भएको थियो ।

निर्वाचन समितिले दिएको जानकारी अुनसार समितिको उपाध्यक्षमा संजयकुमार साह ९ मतसहित विजयी हुनुभएको छ भने कोषाध्यक्षमा अमितकुमार सिंह ११ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन श्रेष्ठले १५, शंकर रखवाल १५ राजकुमार श्रेष्ठ १३ र दिपककुमार खड्का १३ मत ल्याएर निर्वाचित भएका छन् ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिप्रसाद यादव र अधिकृत एंव जिल्ला खेलकुद विकास समितिका प्रमुख हेमलाल श्रेष्ठ र मानबहादुर लामाले संयुक्त रुपमा मत परिणाम सार्वजनिक गरेका हुन् ।

Leave a Reply