निजगढ,नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको संयोजकमा अजहरुद्दिन अंसारी र सहसंयोजकमा बालकृष्ण हुमागाईं चयन भएका छन् ।अनेरास्ववियु केन्द्रीय समितिले कलैयाका अंसारीलाई संयोजक र निजगढका हुमागाईंलाई सहसंयोजक तोकेको हो । जिल्ला संयोजक सम्राट खनाल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अनेरास्ववियु केन्द्रीय समितिले अंसारीलाई संयोजकको जिम्मेवारी दिएको हो । अंसारी यसअघि अनेरास्ववियु बाराको सचिव हुनुहुन्थ्यो । अंसारीले अनेरास्ववियु बाराको प्रचार विभागको उपप्रमुख र कलैया नगर कमिटीको सदस्य रहेर काम गरिसक्नुभएको छ ।हुमागाई भने गौरीशंकर क्याम्पस निजगढका स्ववियु सभापती हुनुुहुन्छ । गत चैत महीनामा सम्पन्न निर्वाचनमा हुमागाईं स्ववियु अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply