वीरगञ्ज,खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस प्रदेश सरकारद्वारा आयोजित अन्तर प्रदेश राष्ट्रिय कुस्ति प्रतियोगितामा मधेश प्रदेशका खेलाडी सुजीत यादवले प्रथम स्थान हासिल गर्दै प्रदेशको गौरव बढाएका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुजीत यादवले आफ्नो खेल कौशलका माध्यमबाट जित हात पारेका हुन् । यस उपलब्धिसँगै उनले मधेस प्रदेशलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै पहिलो स्थानमा पु¥याएका छन् ।सुजीतको सफलताले प्रदेशमा कुस्ति खेलप्रति युवाहरूको आकर्षण बढाउने विश्वास लिइएको छ । स्थानीय स्तरमा उनको विजयलाई उच्च सम्मानका साथ हेरिएको छ भने खेलकुद मन्त्रालयले पनि यस्ता प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।खेलकुद क्षेत्रमै अग्रणी प्रतिभाका रूपमा उदाएका सुजीतलाई बधाई तथा उज्ज्वल भविष्यको कामना गरिएको छ ।

Leave a Reply