कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर– ४ स्थित अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई बुधवार एक समारोहबीच खाद्यान्न सामग्री वितरण गरिएको छ ।कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक स्वर्गीय कृष्णकान्त पाण्डेयको चौथौं पुण्य तिथिको अवसरमा उहाँका छोराद्धय डा.शैलेस पाण्डे र डा. शिवेश पाण्डेयले अनाथालयमा चामल, दाल, तरकारी, तेल, मसला, बिस्कुटलगायत खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्ने क्रममा डा.शैलेश र डा.शिवेशले आफुहरुले अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई निशुल्क उपचार गरिदिने समेत बताएका छन । साथै कलैया अस्पताल नजिक सञ्चालनमा रहेको आफ्नो क्लिनिक लाईफ हेल्थ केयरमा आश्रमका बालबालिकाहरुलाई निःशुल्क रुपमा भिडियो एक्सरे तथा अन्य ल्याब सुबिधा समेत उपलब्ध गराउने जानकारी गराइएको थियो ।डा. शिवेश पाण्डेयले उक्त क्लिनिकमा आफ्नो श्रीमती स्त्रिी रोग बिशेषज्ञ डा.बब्ली मिश्रा पाण्डे नियमित बस्ने गरेको र आश्रमका नानिहरुलाई महिला स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा सो क्लिनिकमा निशुल्क उपचार गरिदने प्रतिवद्धता समेत जनाउनुभयो ।
अमृता अनाथ आश्रमका सञ्चालिका तथा अध्यक्ष समेत रहेकी फुलमती देबी बस्नेतले मनकारी र परोपकारी व्यतिmहरुको सहयोगले नै आफुहरुले आश्रम सञ्चालन गर्न सकेको बताउनुभयो । उहाँले स्थानीयहरुले आफ्नो र आफन्तको जन्मदिन, पुन्यतिथि तथा पर्व र दिवस जस्ता विशेष अवसरहरुमा आश्रमका अनाथ बालबालिकाहरुलाई गरेको सहयोगले अनाथ बालबालिकाहरुको गुजारा चलेको बताउनुभयो ।हाल आश्रममा १ वर्षदेखि १८ वर्षसम्ममा ९ जना बालिका र ७ जना बालक गरी १६ जना अनाथ बालबालिका रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।
सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले यस्तो सहयोगबाट समाजमा मानवता जीवन्त रहेको प्रमाण दिने बताउनुभयो । आफ्नै बुवा आमा नभएका बालबालिकाहरुलाई समाजले विभिन्न किसिमको सहयोग गरेर देखाएको उदारताले मनोवैज्ञानिक ढङ्गबाट सम्पुर्ण समाज एउटै परिवार हो भन्ने संदेश पनि सम्प्रेषण हुने उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान तथा नेपाल पत्रकार महासंघ बाराका पूर्वउपाध्यक्ष राकेश पाण्डे लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

















