सिमरा,जीतपुरमा जेठ १ गतेदेखि जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर७ को सहअयोजनामा महोत्सव हुन लागेको हो ।जेठ २५ गतेसम्म आयोजना हुने महोत्सवले जीतपुरको पहिचान स्थापित गर्ने र बजारलाई थप चलायमान गर्न मद्दत पुर्याउने विश्वास आयोजकको छ । जीतपुरसिमरा ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले महोत्सवलाई प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभएको छ ।
महोत्वसमा विभिन्न क्षेत्रका व्यावसायिक स्टल, बाल उद्यान, खेल र प्रदर्शनीसहित महोत्सव अवधिभर दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभएको छ ।
जीतपुरको शान्ति टोल मैदानमा आयोजना गर्न लागिएको महोत्सवलाई झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त मैदान करिब १० हजार दर्शक अट्ने क्षमताको छ ।महोत्सवमा बारा र पर्साको पर्यटकीय गन्तव्यको समेत प्रवद्र्धन गरिने मेलाका संचार संयोजक एवम् प्रवक्ता एसएस पटेलले बताउनुभयो