कृष्ण मोहन साह
सेढवा,डिभिजन वन कार्यालय पर्साको आयोजनामा सब डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी मंगलवार सब डिभिजन वन कार्यालय बसन्तपुरमा सम्पन्न भएको छ ।गादिमाई साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष सहरुम राउत गद्दीको अध्यक्षतामा सब डिभिजन वन कार्यालय बसन्तपुरको सभाहलमा भएको योजना तर्जुमा गोष्ठीको बिरुवा रोपेर सुरुवात गरिएको थियो ।
सब डिभिजन वन कार्यालय बसन्तपुरका वन अधिकृत रघुनाथ दासले ले आर्थिक वर्ष २०८२÷०८३ को बसन्तपुर सब डिभिजन वन कार्यालयको प्रस्तावित कार्यक्रमहरु सार्वजनिक गर्दै छलफल शुरु गराउनुभएको थियो ।वन अधिकृत दासले प्रस्तावित कार्ययोजनाहरुमा बिरुवा उत्पादन, नर्सरी मर्मत घाटगद्दीमा मर्मत सुधार, अग्निरेखा, कार्यालय भवनको स्तरोन्नति, ट्रेन्च निर्माण, वन अतिक्रमण हटाउने र तारबार सहित वृक्षारोपण, फलफूलका बिरुवा खरिद वितरण, पोखरी निर्माण,सडक किनार वृक्षारोपण, कार्यालय संचालन र व्यवस्थापन, गोठ सुधार तथा चरिचरण व्यवस्थापन लगायत योजनाहरु बनाएको र कार्यन्वयनमा सबै सरोकारहरुको सहयोग आवश्यक रहेकोे बताउनुभयो ।
गोष्ठीमा गादिमाई साझेदारी वन व्यवस्थापन समुहका पदाधिकारी गादिमाई साझेदारी वन व्यवस्थापन समुह कार्यक्षेत्रभित्र पर्ने गाउँपालिकाका जनप्रतिनिधि पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने रामभौरीभाटाका सिनियर सन्जय यादव, सब डिभिजन वन कार्यालय मानवाका रेन्जर बिजय यादव, स्थानीय भद्रभलादमी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सन्चारकर्मीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण सब डिभिजन वन कार्यालय रङ्पुरका सहायक वन अधिकृत उज्जवल यादवले गर्नुभएको थियो।


















