पुष्पराज खतिवडा
बारा,जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडाका जटाशंकरप्रसाद साह कानु ३६ वर्षको हुुनभयो । उहाँका तीन छोरी र एकजना छोरा छन् । ७० वर्ष कटेका बुबा, आमा र पत्नीसहित परिवारका सबै सदस्य एकै घरमा बस्छन । टायल मार्वलका मिस्त्रीका रुपमा उनीसँग १८ वर्षको अनुभव छ ।मन्त्री, सांसद र नाम चलेका नेता, कर्मचारी, उद्योगपती, ब्यापारी लगायत हजाराँैको घर टायल र मार्वलले सिँघारेका साह यतिबेला भने आफ्नै जीनव जोगाउन सहयोगको याचना गरिरहनुभएको छ ।
‘आफ्नो लागि मात्रै होइन, परिवारका सदस्यहरुको लागि पनि मैले अझै धेरै बाच्नु पर्ने छ, उहाँले भन्नुभयो, मेरो जीवन सकियो भने सबैको बिचल्ली हुन्छ ।’ उहाँले घरमा आम्दानी गर्ने अर्को कोही नभएको र आफूले नै उनीहरुको लालनपालन गर्दैआएको पनि बताउनुभयो ।उहाँले अगाडि भन्नुभयो– मिस्त्रीको काममा धेरै व्यस्त रहनुपर्दा दुबै किड्नीले काम गर्न छाडेको पत्तै भएन, हप्तामा दुईपकट डायलासिस गर्नुपर्छ ।’ उहाँले सुनाउनुभयो । ‘उपचारका लागि अस्पताल धाउँदाधाउदै सम्पति सकियो, उपचारमा अझै धेरै रकम लाग्ने चिकित्सकहरुले बताएका छन, कतैबाट सहयोग पाउन सके ज्यान जोगिन्थ्यो कि भन्ने छ ।’
४ वर्षदेखि उपचाररत साह यस क्रममा भारतको पटना, दिल्लीको हिम्स आयूर्वेदमा पनि धेरै समय बस्नुभएको छ । ‘त्यतिबेला मासिक ६० हजार बढी खर्च हुन्थ्यो, उहाँले भन्नुुभयो, ‘खर्च धान्नै नसकेपछि हाल नेपाल फर्किएर उपचार गराइरहेको छु ।’ अहिलेसम्म उपचारमा ४० लाखभन्दा बढी रकम खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । आफ्नो अंशमा परेको दुई कठ्ठा जमिन बिक्री गरेर र मिस्त्रीको काम गर्दा बचाएको पैसाले खर्च धान्दैआएको पनि उहाँले सुनाउनुभयो । ‘भएभरको सबै सम्पति सकियो, आम्दानीका सबै ढोका बन्द भएका छन्, अब सहयोगीहरुको सहयोग बाहेक बाच्ने अर्को विकल्प देखिएन ।’ ‘अहिले परिवारमा हातमुख जोड्ने समस्या छ, उहाँले रुदै भन्नुभयो, तर पनि बाँचेर काममा फर्कन चाहन्छु । मलाई बचाइदिनुस् ।’
भारत र नेपालका चिकित्सकले किड्नी नै फेर्नुपर्ने सल्लाह दिएको सुनाउदै त्यति गर्न पाए जीवन जोगिन्थ्यो कि भन्ने आशा बाँकी रहेको पीडित साहले सुनाउनुभयो । हाल उहाँको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
हिजो आफू स्वस्थ हुँदासम्म झण्डा बाकेर भोट माग्न हिडेको पार्टी र तिनका नेताले निर्वाचनको बेला मुखले ठिक्क पारे पनि अहिले कुनै चासो नदेखाएके उहाँले गुनसो गर्नुभयो । ‘नेताहरुले मुखले ठिक्क पारे । व्यवहारमा कुनै सहयोग गरेनन, उहाँ सुनाउनुहुन्छ, पालिका र वडा कार्यालयले पनि सहयोगको लागि सिफारिस दिने बाहेकको अर्को कुनै सहयोग दिएको छैन ।’
छोरो बिरामी भएदेखि ७० वर्षकी आमा रामरती देवी साह कानु नरोएको कुनै दिन र रात छैन ।
‘छोरो बिरामी भएको दिनदेखि आशु पिएर बसेकी छु, उहाँले रुदै भन्नुभयो, हामीसंग अब उपचारको लागि पैसा सकियो । अहिलेसम्म कसैले पनि सहयोग गरेका छैनन् ।’ केही साथीभाइ र आफन्तले उहाँको उपचारको लागि रकम संकलन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकको कलैया शाखामा खाता खोलेको पनि जानकारी दिनुभयो । उहाँले बचत खाता नं. १५१०९८०५९३७०००१७ मा रकम जम्मा गरिदिएर सहयोग गर्न पनि सबैसंग आग्रह गर्नुभएको छ । फोन नं.९८०९१०६७७३ मा सम्पर्क गरेर अथवा सिधैं घरपरिवारसम्म पुगेर पनि साहको प्राण रक्षार्थ सहयोग गर्न सकिने साहकी आमा रामरतिको भनाइ छ ।



















