निजगढ,निजगढ ९ कि किरन श्रेष्ठले निजगढस्थित गौरीशंकर क्याम्पसका विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गर्नुभएको छ ।क्याम्पसकी पूर्वअध्यापक तथा विद्यार्थी श्रेष्ठले आफ्नो ५० औं जन्मदिन तथा स्वर्गीय ससुरा गणेशबहादुर श्रेष्ठको स्मृतिमा ५० हजार राशीको अक्षय कोष स्थापना गर्नुभएको हो ।क्याम्पसमा बिहीवार आयोजित एक कार्यक्रममा श्रेष्ठले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवंम आफ्ना पती एकबहादुर श्रेष्ठ र क्याम्पस प्रमुख टिकाराम भट्टराईलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु र क्याम्पसका शिक्षकहरुको उपस्थिति रहेको थियो ।अक्षय कोषको रकमबाट क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार, दलित तथा खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

Leave a Reply