काठमाण्डौ – नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका खामलाई मंगलवार काठमाण्डौको ठमेलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

माओवादी नेता खाममाथि २०६५ साल वैशाख १५ गते व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । माओवादी लडाकुका पूर्वकमान्डर रहेका खाम अहिले माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here