वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य संघको ४८औं साधारण सभा सोमवार सम्पन्न भएको छ ।साधारण सभाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्धाटन गर्नुभएको थियो । उद्धाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकट सृजना भएको बताउनुभयो ।

निजी क्षेत्रले दिएको सुझाव निजी क्षेत्रको लागि मात्रै हो भन्ने सरकारको बुझाइ गलत रहेको र अहिले आएर सरकारले त्यसलाई महशुल गरेको उहाँले बताउनुभयो ।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, मधेस प्रदेश अध्यक्ष अशोक टेमानी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले ४८औं साधारण सभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । संघले चालू आर्थिक वर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रालि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको होे ।त्यस्तै तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई पनि सम्मान गरिएको छ ।

Leave a Reply