दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ को गंजभवानीपुरमा लक्षित महिलाहरुको लागि २ महिने सिलाई कटाई तालिम शुरु भएको छ ।महागढीमाई नगरपालिकाको सहयोग र बारा कपडा तथा सिलाइ व्यवसायी संघ कलैयाको आयोजनामा भएको सो तालिमको वडा नम्बर ३ का कार्यबाहक वडाअध्यक्ष तेजलालप्रसाद यादवले मैनबत्ती बालेर उद्धाटन गर्नुभएको थियो ।
सिलाइ व्यवसायी संघका अध्यक्ष जहिर मिया अंसारीको अध्यक्षतामा सम्पन सो तालिमका सहभागीहरुलाई गुल्टेन अंसारीले प्रशिक्षण दिईरहनु भएको छ ।तालिम उद्धाटन समारोहमा वडा सदस्य बिनोदप्रसाद कानु, वडा १० का कार्यबाहक वडा अध्यक्ष कुन्ती देबी, महागढीमाई नगरपालिकाका कार्यापालिका सदस्य पासपती देबी पण्डितलगायतको उपस्थिति रहेको थियो । तालिममा स्थानीय २० जना महिलाहरुको सहभागीता रहेको आयोजक छ ।



















