धिरेन्द्र तिवारी
कलैया,२३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मट्टीअर्वा सीमा नाकामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको नागरिक सहायता कक्षको उद्धाटन गरिएको छ ।कलैया उपमहानगरपालिकामन नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिनोद साहले मंगलवार रिबन काटेर सहायता कक्षको उद्धाटन गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख साहले मट्टीअर्वा सहित सिम्रौनगढ, सन्तगंज सहितका ४ वटा सीमा नाकाबाट भारत सरकारले हालै गरेको चार पाङ्ग्रे गाडी नेपाल-भारत प्रवेशमा खुल्ला गरेको र यसको लागि कुनै नेता वा मन्त्रीको भुमिका नरहेको प्रष्ट पार्नुभएको थियो ।‘केही मानिसहरु आफूले नै नाका खुलाएको हो कि जस्तो गरेर प्रचार गर्न थालेका छन, उहाँले भन्नुभयो, तर यो कुनै नेता वा मन्त्रीले खोलेको होइन ।’ नगर प्रमुख साहले नाका खोल्न दुबै देशको सीमा क्षेत्रमा बासोबास गर्ने नागरिकहरुको भूमिका अहम रहेको पनि उल्लेख गर्नुभयो ।त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागीले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारीमा सीमाको सुरक्षा गर्नु नै रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र राजश्व जुवाहट रोक्ने कार्यतर्फ पनि सशस्त्र प्रहरीले काम गरिरहेको बताउनुभयो ।३ खाख ३५ हजार ५९ रुपैयाको लागतमा नागरिक साहयता कक्ष स्थापना गरिएको निर्माण समितिका सदस्य सचिव बाङ्काबहादुर कोईरीले कार्यक्रममा जानकारी दिनुभएको थियो ।मट्टीअर्वा नाकामा नागरिक सहायता कक्ष स्थापना गर्न २०८० मंसिर १९ गते सशस्त्र प्रहरी नायब उपरीक्षक एवंम सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मट्टीअर्वाका गुल्मपती कविन्द्र महर्जनको संयोजकत्वमा समिति गठन भएको थियो ।नागरिक सहायता कक्ष निर्माणमा कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका, अनमोल इटा उद्योगलगायतले आर्थिक र निर्माण सामग्री सहयोग गरेका थिए ।उद्धाटन कार्यक्रममा पूर्ववडा अध्यक्ष शंकरप्रसाद गुप्ता, मट्टीअर्वा प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ प्रहरी नायाब उपरीक्षक श्यामबाबुप्रसाद यादाव, बङ्गका महता, सशस्त्र प्रहरी जवान र स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।उद्घाटन कार्यक्रम कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सबिर मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

















